भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका बालकृष्ण निर्वाचित भएका छन् ।
त्रिपाठी ४ हजार ६ सय ३८ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल जनता पार्टीका अशोककुमार कलवार ४ हजार २ सय ३९ मत प्राप्त गरे । १२ जना प्रतिस्पर्धी रहेको पालिका अध्यक्षमा त्रिपाठीले कलवारलाई ३ सय ९९ मतले पछि पार्दै विजय निकालेका हुन् ।
उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीकै सुशीलाकुमारी यादव निर्वाचित भएकी छन् । यादवले निकटतम प्रतिस्पर्धाी नेपाली कांग्रेसकी गुजराती यादवलाई १ हजार २ सय ९४ मतले पछि पार्दै विजय निकालेकी हुन् । गुजरातीले ३ हजार ४ सय ४२ मत प्राप्त गरिन् भने निर्वाचित शुशिला यादवले ४ हजार ७ सय ३६ मत पाइन् ।
वडामा मिश्रित नतिजा आएको छ । ७ वटा वडा रहेको पालिकामा वडा नम्बर १ मा लोसपाका राजेश तेली ६ सय ९५ मत ल्याएर विजयी भएका छन् । वडा नम्बर २ मा जसपाका अमरनाथ यादव ९ सय ४५ मत ल्याइ विजयी भएका छन् भने ३ मा नेपाल जनता पार्टीका विष्णु नारायण पाण्डे एक हजार २० मत ल्याइ विजयी भए । वडा नम्बर ४ मा लोसपााका बेचुराम गडेरिया ५ सय ४७ मत ल्याइ विजयी भए भने ५ मा पनि लोसपाका संजय कुमार सैनी एक हजार ४६ मत प्राप्त गरि विजयी हुन सफल भए ।
यस्तै वडा नम्बर ६ मा जसपाका विनोद यादव ५ सय ४ मत ल्याइ विजयी भए । वडा नम्बर ७ मा कांगे्रसका पवन कुमार यादव ७ सय ४४ मत प्राप्त गरी निर्वाचित भए । ७ वडा रहेको कोटहीमाईमा २६ हजार २ सय ४२ मतदाता रहेकोमा २० हजार ६ सय ७५ जनाले मताधिकार प्रयोग गरेका थिए ।
१६ स्थानीय तह रहेको रुपन्देहीमा अब तिलोत्तमाको मतगणना गर्न मात्रै बाँकी छ । तिलोत्तमामा नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा भइरहेको छ । मोहम्मद हबिब
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend