Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इट्टालाई सुन भनेर बिक्री गर्न खोज्ने पाँचजना पक्राउ


    सोमबार, जेष्ठ ९ २०७९
    740
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दाङ । दाङमा इँट्टालाई सुन भनेर बिक्रीट गर्न खोज्ने पाँच जना पक्राउ परेका छन् । तुलसीपुरको एक होटेलमा दुई वटा इँट्टा सुन भनेर सर्वसाधारण नागरिकलाई बिक्री गर्न खोज्ने दाङ, सल्यान र दार्चुलाका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । 

    पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका वडा नम्बर ६ खांग्रा नाकाका २६ वर्षिय राजकुमार बुढा, सोहि ठाउँकै २४ वर्षिय प्रकास खड्का, सल्यानको शारदा नगरपालिका वडा नम्बर १ का ४९ वर्षिय सावित्रा बुढाथोकी, कुमाख गाउँपालिका–१ का ३० वर्षिय गिता बुढा र दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ का २३ वर्षिय सुरेन्द्र सिंह धामी रहेका छन् । 

    पक्राउ परेकाको साथबाट दुई थान इट्टाको टुक्रा, हरियो रंगको जेब्रा झोला १ थान र सुनजस्तो देखिने पहँेलो धातुको टुक्रा एक थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।   

    पक्राउ परेका उनीहरुले सुनजस्तो देखिने धातु स्याम्पलको रुपमा देखाएर सर्वसाधारण नागरिकलाई झुक्याई झोलामा राखेको इट्टा बिक्रि गर्न खोजेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार