हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत मकवानपुर जिल्लाको तीन वटा गाउँपालिकाको नेतृत्व पुरानै जनप्रतिनिधि दोहोरिएका छन् । मकवानपुरको बागमती, भीमफेदी र राक्सिराङ गाउँपालिकामा पुरानै नेतृत्व दोहोरिएका हुन् ।
बागमतीमा माओवादीका सर्केश घलान, भीमफेदीमा एमालेका हिदम लामा र राक्सिराङमा कांग्रेसका राजकुमार मल्लले दोस्रो कार्यकालको लागि नेतृत्व गर्ने अवसर पाएका हुन् । बागमतीका घलानले एमालेका खेमराज जर्घा मगर, भीमफेदीका लामाले माओवादीका बद्रीबहादुर स्याङ्तान र राक्सिराङका मल्लले एमालेका बाबुलाल स्याङ्तालाई हराउँदै दोस्रो कार्यकालका लागि पनि जित निकालेका हुन् । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र बकैया गाउँपालिका बाहेक सबै पालिकामा पुरानै नेतृत्वले दोहोर्याउने चाहना सहित उम्मेदवारी दिएका थिए ।
दोस्रो कार्यकालको नेतृत्व गर्ने इच्छासहित चुनाव लडेका मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती कांग्रेसका रञ्जन कालाखेतीसँग पराजित भए । त्यसैगरी मकवानपुरगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष विदुर हुमागाईं कांग्रेसका दोर्जे लामा स्याङ्तानसंग पराजित भए । अघिल्लो निर्वाचनमा हुमागाईंले स्याङ्तानलाई नै पराजित गरेका थिए । अघिल्लो चुनावमा एमालेबाट जिते पनि पार्टी विभाजनसँगै नेकपा (एकीकृत समाजवादी) मा लागेका कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानले पनि हार व्यहोरे ।
अघिल्लो पटक उनै मोक्तानले हराएका कांग्रेसका लोक मुक्तानले यस पटक एमालेका नरेन्द्र रिजाललाई हराउँदा उनी तेस्रो हुन पुगेका हुन् । यस्तै ईन्द्रसरोवर गाउँपालिकाका निवर्तमान अध्यक्ष जीवन लामा पनि यस पटक पराजित भए । अघिल्लो पटक एमालेबाट निर्वाचित उनी पार्टी विभाजनसँगै नेकपा एसतर्फ लागेका थिए । ईन्द्रसरोवरमा कांग्रेसका विश्व लामालाई हराउँदै एमालेका देवकृष्ण पुडासैनी विजयी भए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend