Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भरतपुर महानगरमा रेनु दाहाललाई ११ हजार बढीको अग्रता


    सोमबार, जेष्ठ ९ २०७९
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा । चितवनको भरतपुर महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओवादीकी उम्मेदवार रेनु दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन् ।

    निर्वाचन अधिकृतको कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार रेनुले ११ हजारबढी मतले अग्रता बनाएकी छन् । उनले एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ११ हजार १० मतले अग्रता कायम गरेकी हुन् ।

    रेनुले ४६ हजार २५५ मत प्राप्त गरेकी छिन्। सुवेदीले ३५ हजार २४५ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २८ मत पाएका छन् ।

    उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी ४७ हजार २२८ मत प्राप्त गर्दा, राप्रपाकी हिमला गुरुङले २७ हजार ७१ मत पाएकी छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार