Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • बलात्कार आरोपी पाण्डेमाथि अनुसन्धान गर्न अदालतले दियो ५ दिनको म्याद


    सोमबार, जेष्ठ ९ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।बलात्कार आरोपमा पक्राउ परेका मोडल ग्लोब भिसाज कन्सल्टेन्सीका सन्चालक मनोज पाण्डेलाई  अदालतले अनुसन्धान अघि बढाउन ५ दिन थुनामा राख्न अनुमति  दिएको छ ।आज  सोमबार जिल्ला अदालत  काठमाडौंले मनोज पाण्डेमाथि छानबिनकालागि ५ दिनको समय दिएको हो  ।

    गत  शनिबार पक्राउ परेका पाण्डेलाई प्रहरीले आज (सोमबार) अदालतमा उपस्थित गराएको थियो । पीडितले जिल्ला अदालतमा उपस्थित भएर घटनाबारे  दिएको बयान जिल्ला अदालत काठमाडौंबाट  प्रमाणित  भएको छ । बयान प्रमाणित भएसँगै सो मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिन जिल्ला प्रहरी परिसर काठमाडौंले आरोपीलाई अदालत लगेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार