Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • सबै वडाबासीको विद्युत महशुल आफैले तिरिदिने वडा अध्यक्षकाे घाेषणा


    सोमबार, जेष्ठ ९ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बैतडी । पाटन नगरपालिका-९ का वडा अध्यक्ष कालुसिंह भाटले आफ्नो वडाबासी सबैकाे विद्युत महशुल तिरिदिने घाेषणा गरेका छन् । आफ्नो मासिक पारिश्रमिकबाट वडामा रहेका सबै ग्राहककाे विद्युत महशुल दिन उनले घाेषणा गरेका हुन् । 

    सिद्धेश्वर मावि हुक्केडाडाँमा सोमबार आयोजित सहभोज कार्यक्रममा उनले आफू तलबका लागि नभई जनसेवाका लागि वडा अध्यक्ष बनेको दाबी गरे । आफ्नो कार्यकालभर इमान्दारिताका साथ काम गर्ने पनि उनले बताए । उनी नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्षमा विजय भएका हुन् । 

    वडा अध्यक्षले परिश्रमिक नलिने र साे रकम वडाबासीकाे विद्युत महशुलमा खर्च  गर्ने निर्णय भैसकेको वडा सदस्य प्रेमसिंह भाटले बताए । उनले भने, ‘हाम्रो वडामा जम्मा चार सय ५० प्रयोगकर्ता छन् । उनीहरूको मासिक न्युनतम महशुल बुझाइ दिने निर्णय भएको छ । यसरी मासिक करिब १३ हजार पाँच सय रकम हुन्छ । उक्त रकम अध्यक्षको तलबबाट तिर्न समस्या हुँदैन् ।’

    विद्युत महशुल वडाअध्यक्षले तिरिदिने भएपछि स्थानीय  खुसी भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार