Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पालिकाको २ मध्ये एक प्रमुख पदमा महिला अनिवार्य गर्न नीतिगत व्यवस्था गरौं- देवकोटा


    सोमबार, जेष्ठ ९ २०७९
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले स्थानीय तहको दुई प्रमुख पदमा यस पटक महिला कम आउने देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

    उनले अघिल्लो पटक ४८ प्रतिशत महिला अध्यक्ष/उपाध्यक्ष र प्रमुख/उपप्रमुखमध्येमा निर्वाचित भएको बताए । 

    यस पटक भने कम आउने भन्दै अब कानुनी र नीतिगत रूपमा व्यवस्था गर्नुपर्नेमा जोड दिए । 

    यसतर्फ सरकार र निर्वाचनसम्बन्धी सरकारको संवैधानिक निकाय निर्वाचन आयोगको ध्यान जानुपर्ने औँल्याए । 

    यद्यपि, केही स्थानीय तहमा भने घेराबन्दी तोडेर पालिकाको दुईवटै प्रमुख पदमा जनताले निर्वाचित गरेको भन्दै खुसी प्रकट गरेका छन् । 

    उनले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई शुभकामना दिँदै जनताको सेवक बन्‍न, आर्थिक मितव्ययीता अपनाउन र जनताको हितमा सँधै काम गर्न आग्रह पनि गरे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार