जुम्ला । सिंजा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष पूर्णप्रसाद धितालले घरमै हुने सुत्केरी दर शून्यमा झार्ने बताएका छन् । अध्यक्षमा निर्वाचित भएपछिकाे पहिलाे निर्णयमा उनले गाउँपालिकाको पहिलो प्रथामिकता घरमै हुने सुत्केरी दर शून्यमा झार्ने रहेको बताए ।
उनले सिंजागाउँपालिकाको मातृ मृत्युदर शून्य बनाउन र नेपाल सरकारको गाउँगाउँमा सिंहदरवार भन्ने अवधारणालाई पूर्णता दिन यस्तो प्रतिबद्धता गरेकाे बताए । अध्यक्ष धितालले भने, ‘अब सिजागाउँपालिकाका कुनै पनि सुत्केरी महिला घरमा सुत्केरी हुने छैनन् ।’
‘अब सबै शिशु सुरक्षित बर्थिङ सेन्टरमा जन्मनेछन् । यो गाउँपालिकाको प्रतिबद्धता हो,’ अध्यक्ष धितालले भने । सिंजा गाउँपालिकामा भइरहेका सकारात्मक कामलाई पनि निरन्तरता दिइनेछ । नव निर्वाचित गाउँपालिका अध्यक्ष लगायतले पाँच वर्षभित्र जनताका अधारभुत आवश्यकता पूरा गर्न प्रतिबद्ध रहेकाे उनले बताए । साथै, अबका पाँच ५ वर्षभित्र कक्षा १ देखी पाँच कक्षाासम्मको आधारभूत विद्यालय तहमा शिक्षाको गुणस्तर सुधार र उपलब्धि स्तर ६० प्रतिशत पुर्याइने धितालले बताए ।
सिजा गाउँपालिकाका उपाध्यक्ष सितली रोकायाले समावेशी आवासीय विद्यालय स्थापना गरिने बताइन । उनले निर्माणाधीन सिंजा गाउँपालिकाको प्रशासनिक भवन शीघ्र निर्माण गरिने समेत बताइन् ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend