काठमाडौं । संसदको महिला तथा सामाजिक समितिको बैठकमा सुन्दरी प्रतियोगिता रोक्नु पर्ने भन्दै आवाज उठेकाे छ ।
महिला हिंसा र बलात्कारजन्य अपराधमा हदम्याद सम्बन्धी विषयमा भएको छलफलमा नेकपा माओवादीकी सांसद अमृता थापाले सुन्दरी प्रतियोगिता रोक्नु पर्ने माग गरेकी हुन् ।
बिगतमा पनि आफूहरुले सुन्दरी प्रतियोगिताको विषयमा गम्भीर भएर राज्यले सोच्नुपर्ने भनी आवाज उठाएकाे बताउँदै थापाले सुन्दरी यसलाई रोक्नु पर्ने बतताएकी हुन् ।
शान्ति प्रक्रियामा आए लगत्तै माओवादी नेतृहरुले सुन्दरी प्रतियोगिता रोक्न भन्दै प्रदर्शन गरेका थिए । उनीहरुले मिस नेपालसहितका प्रतियोगिता रोक्नका लागि दबाव पनि दिएका थिए ।