Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सौन्दर्य प्रतियोगितामा यौन दुर्व्यवहार गरेकाे भन्दै पाण्डेविरुद्ध पीडितले दिइन् ‘मानव बेचबिखन’ विरुद्धको जाहेरी


    सोमबार, जेष्ठ ९ २०७९
    2.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सौन्दर्य प्रतियोगिताको नाममा मोडल ग्लोब भिसाज कन्सल्टेन्सीका सन्चालक मनोज पाण्डेले यौन दुर्व्यवहार गरेको भन्दै पाण्डे विरुद्ध पीडितले जाहेरी दिएकी छन् ।

    सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँमा पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन–०६४ अनुसारको कसुरमा जाहेरी दिएकी हुन् । 

    जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार जिल्ला अदालतमा पीडित युवतीको बयान प्रमाणित गराएपछि जाहेरी दर्ता गरिने छ ।

    भैरहवा घर भएका पाण्डेले सन् २०१४ मा आयोजना गरेकाे मिस ग्लोबल इन्टरनेशनल प्रतियोगितामा आफूलाई बन्धक बनाएर  बलात्कार गरेको पीडित युवतीको आरोप छ ।

    प्रहरीले शनिबार स्वयम्भुबाट पाण्डेलाई पक्राउ गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार