Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १९९ पालिका प्रमुखमा एमालेका उम्मेदवार विजयी


    सोमबार, जेष्ठ ९ २०७९
    630
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले देशका १९९ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । 

    एमालेका उम्मेदवारले हालसम्म मतगणना सम्पन्न भएका ७२९ पालिकामध्ये १९९ वटाको प्रमुख तथा अध्यक्षमा जित निकालेका हुन् । 

    निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । 

    आयोगका अनुसार अब मात्र २४ वटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । 

    मतगणना जारी भएका पालिकामध्ये ६ वटामा एमालेको उम्मेदवारको अग्रता रहेको आयोगले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार