काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्वतन्त्र उम्मेदवारहरूलाई जनताको हितमा काम गर्न सघाउनुपर्ने बताएका छन् । उनीहरूलाई ‘कसरी काम गर्लान्’ भन्ने प्रश्न नगर्न पनि शर्माको आग्रह छ ।
काठमाडौं महानगरपालिका र धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार जित नजिक रहेका र धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले जितेपछि एक्लैलाई काम गर्न असहज हुने टिप्पणी हुँदै आएको बेला शर्माको यो अभिव्यक्ति आएको हो ।
शर्माले भनेका छन्, ‘कसरी काम गर्लान् ? प्रश्न नगरी जनताको हितमा काम गर्न सघाउनुपर्छ ।’
धरान उपमहानगरपालिकामा निर्वाचित प्रमुख हर्क साम्पाङलाई उनले बधाई पनि दिँदै साम्पाङसहितका स्वतन्त्र उम्मेदवारहरूको जितले दलहरूलाई दिएको सन्देशलाई आत्मसाथ गर्नुपर्ने शर्मा बताउँछन् ।
माओवादीप्रति लक्षित गर्दै शर्माले ‘बुलेट’ले उदाएकालाई समेत स्वागत गर्ने लोकतन्त्रले ‘ब्यालेट’बाट आएकालाई सहज आत्मसाथ गर्नुपर्ने बताए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend