Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डलरको मूल्य निरन्तर उकालो, नेपालमा रेमिट्यान्स बढ्ने सम्भावना 


    सोमबार, जेष्ठ ९ २०७९
    2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  
    काठमाडौं । अमेरिकी डलरको मूल्य निरन्तर उकालो लाग्दा वैदेशिक रोजगारमा रहेका नेपाली कामदार र उनीहरूका परिवारले लाभ पाउने देखिएको छ । 

    आइतबार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । वैदेशिक रोजगारीमा रहेर घरमा रकम पठाउनेहरुले अघिल्लो महिनाको तुलनामा उच्च सटही दर पाउने भएका छन् ।

    नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलर खरिद मूल्य १ सय २४ रुपैंया ३८ पैसा तोकेको थियो । लामो समयसम्म एक डलरको वाणिज्य बैंकहरूको खरिद मूल्य १ सय २० रुपैयाँ कायम थियोे । अमेरिकी डलरको तुलनामा भारतीय रूपैयाँ अवमूल्यन भएपछि स्थायी सटहीदर कायम गरिएको नेपाली रूपैयाँ पनि अवमूल्यन भएको हो ।

    अमेरिकी डलरको मूल्यमा भएको वृद्धिले नेपालमा रेमिट्यान्स बढ्ने छ । विदेशी मुद्राको सञ्चितिमा रहेको दबाब आयात रोकिएमा आगामी महिनादेखि केही कम गर्न सहयोग पु¥याउन सक्ने आंकलन गरिएको छ ।

    अमेरिकी डलर मात्र नभई ठूलो संख्यामा नेपाली कामदार वैदेशिक रोजगारीमा रहेका मुलुकका मुद्राको सटही दर पनि बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिद दर ३३ रुपैंयाँ छ भने बिक्री दर ३३ रुपैयाँ १६ पैसा छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार