Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तुलसीपुर उपमहानगरमा एमालेका उम्मेदवार खड्का र चौधरी मतान्तर बढाउँदै


    सोमबार, जेष्ठ ९ २०७९
    685
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले का उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन्।

    मेयरमा एमालेका टीकाराम खड्काले निकटम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको उम्मेद्वार गेहेन्द्र गिरीलाई एक हजार ७५७ मतले पछाडि पारेका छन्। ४६ हजार २४४ मत गणना हुँदा खड्काले १९ हजार ६९९ मत र गिरीले १७ हजार ९४२ मत प्राप्त गरेका छन्। 

    यसैगरी उपमेयरमा पनि एमालेकी स्यानी चौधरी पाँच हजार ८०९ मतले अगाडि छन्। चौधरीले १९ हजार ११५ मत र गठबन्धन तर्फबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का जोगबहादुर रानाले १३ हजार ३०६ मत प्राप्त गरेका छन्। तुलसीपुरमा ७४ हजार ३९३ मत खसेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार