Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भरतपुर महानगरमा रेनुको अग्रता कायमै, विजयभन्दा रेनु झण्डै १० हजार मतान्तरले अगाडि


    सोमबार, जेष्ठ ९ २०७९
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् 
    । 

    पछिल्लो परिणामअनुसार उनी एमाले–राप्रपाका उम्मेदवार विजय सुवेदीभन्दा ९ हजार ७ सय १४ मतले अगाडि छिन् । १ लाख ६ हजार ७३९मत गणना हुँदा रेनुले ४२ हजार ९ सय २८ मत प्राप्त गरेकी छन् ।  

    सुवेदीले ३३ हजार २ सय १४ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार २ सय ७१ मत प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी ४४ हजार ४३९ मतका साथ अग्रस्थानमा छन् ।

    राप्रपाकी हिमला गुरुङले २६ हजार ३ सय ४ मत पाएकी छन् ।  
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार