Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भीमदत्त नगरपालिकामा कांग्रेस विजयी


    सोमबार, जेष्ठ ९ २०७९
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा पदम बोगटी र उपमेयरमा निलम जोशी विजयी भएका हुन् ।

    बोगटी १५ हजार ८ सय ८२ मतसहित मेयरमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका महेश पन्तले ८ हजार १ सय ७९ मत प्राप्त गरे । राप्रपाका गजेन्द्रबहादुर चन्दले ७ हजार १ सय ५ मत पाएका छन् ।

    त्यस्तै, उपमेयरमा १२ हजार २ सय १६ मतसहित जोशी निर्वाचित भएकी हुन् ।उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका कृष्णदत्त जोशीले १० हजार ५ सय ९६ मत प्राप्त गरे ।

    भीमदत्त कन्चनपुर जिल्लाको सदरमुकाम पनि हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार