Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको मूल्य प्रतिलिटर १८०, ग्याँसको १८ सय पुग्यो


    आइतबार, जेष्ठ ८ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमले एक सातामै फेरि पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । निगमले आइतार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरेको छ भने खाना पकाउने ग्याँसमा प्रतिसिलिन्डर २ सय रुपैयाँ बृद्धि गरेको छ ।

    मूल्यबृद्धिपछि अब पेट्रोल प्रतिलिटर १ सय ८० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १ सय ६३ रुपैयाँ पर्नेछ । हवाई इन्धनमा पनि मूल्यबृद्धि भएको छ । हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएर १ सय ६६ रुपैयाँ पुर्याइएको छ ।

    मूल्यबृद्धि गर्दा पनि पेट्रोल, डिजल, मट्टितेल र ग्याँसमा अझै घाटा रहेको निगमले जनाएको छ ।

    gas.jpg.jpg
    undefined

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार