Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • ब्यास नगरपालिकामा कांग्रेसको जित निश्चितः गोविन्द जोशीका छोरा ४२५ मतले पछि परे


    आइतबार, जेष्ठ ८ २०७९
    860
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • तनहुँ । ब्यास नगरपालिकाको मतगणना सकिन लागेको छ । १ हजार मत गणना बाँकी रहँदा नेपाली कांग्रेसका मेयरका उम्मेदवार बैकुन्ठ न्यौपानेले ४२५ मतले अग्रता लिएका छन् ।

    न्यौपानेले ११ हजार १ सय १७ मत प्राप्त गर्दा नेकपा एमालेको समर्थनमा मेयरको उम्मेदवार भएका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले १० हजार ६ सय ९२ मत पाएका छन् । अब १ हजार मत गणना गर्न बाँकी छ । १ हजार मत गणना बाँकी भएकाले न्यौपानेको जित निश्चित मानिएको छ । 

    जोशी भ्रष्टाचारको मुद्दा खेपिरहेका पूृर्वमन्त्री गोविन्दराज जोशीका छोरा हुन् । एमालेले गोविन्दराज जोशीसँग तनहुँमा चुनावी तालमेल गरेको छ । जोशीका छोरा दीपकलाई ब्यासको मेयरमा एमालेले समर्थन गरेको छ ।

    कैंची चिह्न लिएका दीपकराज जोशीलाई ब्यासको रिस्ती मतदान केन्द्रमा कांग्रेसका कार्यकर्ताहरुले आक्रमण गरेका थिए । जोशीले मतपत्र च्यातेपछि उनीमाथि आक्रमण भएको बताइएको छ । उनले मतपत्र च्यातेकोले मुचुल्का नै उठाई पुनः मतदान गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार