ललितपुर । ६ वटा स्थानीय तह रहेको ललितपुरमा ५ वटाको मतपरिणाम सार्वजनिक भइसकेको छ । ललितपुर महानगरपालिकाको मतगणना जारी छ । ललितपुर महानगरपालिकामा मतगणना जारी भए पनि नेपाली कांग्रेसका मेयरका उम्मेदवार चिरीबाबु महर्जनले नै जित्ने लगभग निश्चित छ ।
मतगणना सम्पन्न भएका ५ वटामा महाँकाल गाउँपालिकामा कांग्रेसले जितेको छ । जुन गाउँपालिका यसअघि एमालेले जितेको थियो । कोन्ज्योसममा एमालेले जितेको छ । यसअघि माओवादीले जितेको कोन्ज्योसम एमालेको पोल्टामा परेको छ । बागमती गाउँपालिका नेपाली कांग्रेसले जितेको छ ।
गोदावरी नगरपालिका पनि कांग्रेसले नै जितेको छ । महालक्ष्मी नगरपालिका एमालेले जित निकालेको छ । कांग्रेस र माओवादीको गठबन्धन भए पनि महालक्ष्मीमा एमालेले जितेको छ ।
प्रतिनिधिसभाका ३ क्षेत्र रहेको ललितपुरमा क्षेत्र नम्बर १ बाट २०७४ मा नेपाल प्रहरीका पूर्वडीआइजी नवराज सिलवाल निर्वाचित भएका थिए । आइजीपी नियुक्तिमा अन्यायमा परेका सिलवाललाई एमालेले प्रतिनिधिसभामा उम्मेदवार बनायो । एमाले अध्यक्ष खड्गप्रसाद ओली ललितपुरको चुनावी सभामा गएर सिलवालाई जिताएर पठाएमा गृहराज्यमन्त्री नियुक्त गर्ने भाषण पनि गरेका थिए । तर ओली ३ बर्ष प्रधानमन्त्री हुँदा पनि उनलाई गृहराज्यमन्त्री बनाएनन् ।
एमालेले ललितपुरका पुराना नेताहरु मधुसुदन पौडेल, सुशीला नेपालहरुलाई टिकट नदिई फुत्त सिलवाललाई सांसदमा उम्मेदवार बनाएको थियो । उनको प्रभाव बिस्तारमा सहयोग पुगो्स् भनेर एमालेले गतबर्ष पार्टीको बिधान अधिवेशन पनि गोदावरीमा गरेको थियो । तर सिलवालको इन्ट्री जुन ढंगले राजनीतिमा भएको थियो, त्यसअनुरुप उनको क्षमता नदेखिएको स्थानीय निर्वाचनले प्रष्ट पारेको छ । उनको चुरीफुरी स्थानीय निर्वाचन परिणामपछि सकिएको छ । स्थानीय निर्वाचन परिणामले संभवतः उनी आगामी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार भए पनि जित्ने संभावना क्षीण देखिएको छ । ललितपुर क्षेत्र नम्बर १ मा तीन गाउँपालिका महाँकाल, बागमती, कोन्ज्योसम र गोदावरी नगरका १२ वटा वडा पर्दछन् ।
सिलवालको आगमनबाट ललितपुरमा एमालेको संगठन विस्तार होइन, झन् संकुचित भएको छ । ललितपुर एमालेले आफ्नो बिगतको पकड समेत कायम राख्न सकेको देखिएन ।
सिलवालकै घर रहेको गोदावरी नगरपालिकाको वडा समेत उनले जिताउन सकेनन् । सिलवालको घर गोदावरी नगरपालिका वडा नम्बर ३ माओवादीका राज घिमिरेले वडाध्यक्ष जितेका छन् । एमालेका वडाध्यक्षका उम्मेदवार श्री आचार्य पराजीत भएका छ्न । १४ वडा रहेको सिलवालको घर रहेको गोदावरी नगरपालिकामा एमालेले एउटा मात्र वडा जितेको छ ।
गोदावरीको १३ नम्बर वडामा एमालेबाट भाष्कर थापामात्र वडाध्यक्ष जितेका छन् । यसअघि २०७४ को स्थानीय निर्वाचनमा गोदावरीमा एमालेले २, ३, १०, १३ समेत ५ वटा वडा जितेकोमा अहिले एउटामा सीमित भएको छ ।
जिल्ला अध्यक्षकै वडामा एमाले तेस्रो
गोदावरी एमालेका अध्यक्ष पुरुषोत्तम आचार्यको घर भएको नगरपालिका हो । गोदावरी ४ आचार्यको घर भएको वडा हो । जहाँ एमालेका वडाध्यक्षका उम्मेदवार राजनप्रसाद आचार्य तेस्रो भएका छन् । नेपाली कांग्रेसले वडाध्यक्ष जितेको उक्त वडामा निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका उम्मेदवार भएका थिए । तेस्रो भएका एमालेका राजन आचार्य एमालेका जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यका दाजु हुन् ।
एमालेले ललितपुरको महानगरमा आधा भन्दा बढी मतले मेयरमा पराजय बेहोर्दैछ । महालक्ष्मी नगरपालिकामा गठबन्धनभित्रको अन्तरबिरोधले एमालेले जितेको हो । पार्टी नेताहरुको बुद्धिमताले भन्दा पनि गठबन्धनभित्रको अन्तरबिरोधका कारण एमालेले जितेको छ । कोन्ज्योसम माओवादीले गोपीलाल स्याङ्तानलाई नै दोहोर्याएको र गठबन्धनमा कांग्रेसले मत नदिंदा एमालेले जितेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend