काठमाडाैं । मोडल ग्लोब भिसाज कन्सल्टेन्सीका सन्चालक मनोज पाण्डेले यौन दुर्व्यवहार गरेको भन्ने अर्को आरोप पनि प्रहरीले ट्र्याक गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको सम्पर्कमा थप एकजना पीडित पुगेकी हुन् ।
काठमाडौं उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरका अनुसार प्रहरीले उनीसँग कुराकानी गरिसकेको छ।
‘उहाँले पाण्डेले आफूलाई पनि यौन दुर्व्यवहार भएको भनेर सामाजिक सन्जालमा लेखेपछि हामीले उहाँलाई भेटेर कुराकानी गरेका छौँ। उहाँले जाहेरी भने दिइसक्नु भएको छैन,’ उनले भने।
यो घटना भने हदम्याद भित्रकै भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख उत्तम सुवेदीका अनुसार पाण्डेले केही समयअघि मात्रै आफूलाई दुर्व्यवहार गरेको ती युवतीले जानकारी दिएकी छन्।
प्रहरीले शनिबार स्वयम्भुबाट पाण्डेलाई पक्राउ गरेको थियो । बुधबार पाण्डे सञ्चालक रहेको कम्पनीले आयोजना गरेको सौन्दर्य प्रतियोगिताकी एक प्रतिष्पर्धीले आफूमाथि ८ वर्षअघि जबरजस्ती करणी भएको खुलासा गर्दैै २० वटा भिडियो बयान सार्वजनिक गरेकी थिइन् ।