Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चुनाव सकिनासाथ बीरगंजमा तस्करी सुचारु


    आइतबार, जेष्ठ ८ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पर्सा । देशमा स्थानीय निर्वाचन सम्पन भइसकेको छ । धेरै जसो जिल्लाहरुमा मतगणना सम्पन भएको छ भने केहीमा मतगणना चालू नै छ ।

    त्यस्तै पर्सामा १४ पालिकामध्ये १३ पालिकामा मतगणना सम्पन भएर नतिजा आइसकेको छ । वीरगंज महानगरको मतगणना चालू रहेको छ ।  चुनाव सकिने बित्तिकै पर्सामा तस्करी खुलेको छ । भन्सार छली ल्याएका विभिन्न किसिमका लत्ताकपडाहरू लोड रहेका पिकअप नेपाल प्रहरीले नियन्त्रणमा लिएपछि तस्करी संचालन भएको खुलासा भएको  छ ।

     भन्सार छली  पैठारी गरी विभिन्न किसिमका लताकपडाहरु पिकअपमा लोड गरी घण्टाघरतर्फ लाँदै गरेको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले शुक्रबार वीरगंज महानगरपालिका वडा नं ७ रामटोल नजिकै रेल्वेरोडमा बा.२० च  ७८६४ नम्बरको पिकअपलाई रोकी जाँच गर्ने क्रममा विभिन्न किसिमका लताकपडाहरु फेला परेको थियो ।

     प्रहरीले उक्त  पिकअप  नियन्त्रणमा लिई रु. १९ लाख १४ हजार ९ सय मूल्यांकन गरी आवश्यक कारवाहीका लागि शनिबार वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको पर्साका सूचना अधिकारी डीएसपी ओमप्रकाश खनालले जानकारी दिएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार