Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बंगलादेश र भारतको बाढी पहिरोमा कम्तीमा ५७ जनाको मृत्यु


    आइतबार, जेष्ठ ८ २०७९
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । बंगलादेश र भारतका विभिन्न भागमा आएको बाढी र पहिरोमा कम्तीमा ५७ जनाको मृत्यु भएको छ । बाढी पहिरोपछि लाखौँ मानिस विचल्लीमा परेका छन् ।
    बंगलादेशको उत्तरपूर्वी क्षेत्रमा आएको बाढीबाट करिब २० लाख मानिस बिचल्लीमा परेका छन् भने करिब १० लाख मानिस प्रभावित भएका छन् ।

    भारतको उत्तरपूर्वी भागबाट आएको बाढीको पानीले बराक नदीको ठूलो तटबन्ध भत्काउँदा जाकीगञ्जका कम्तीमा १०० गाउँ डुबानमा परेको सिल्हट क्षेत्रका प्रमुख सरकारी प्रशासक मोशर्रफ हुसेनले बताए । 

    ‘बाढीबाट २ लाख मानिस बिचल्लीमा परेका छन्’, उनले भने । यो साता मात्र कम्तीमा १० जनाको मृत्यु भएको उनले बताए । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार