Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बलात्कारसम्बन्धी हदम्याद संशोधनको माग राखेर सरकारलाई नेविसंघको ज्ञापनपत्र


    आइतबार, जेष्ठ ८ २०७९
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले बलात्कारसम्बन्धी हदम्यादको व्यवस्था संशोधनको माग राखेर सरकारलाई ज्ञापनपत्र बुझाएको छ । 

    नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वको टोलीले आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीलाई बलात्कारसम्बन्धी हदम्यादको व्यवस्था संशोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

    नेविसंघले एक वर्षे हदम्यादका कारण बलात्कारबाट पीडित महिलाहरूले न्याय पाउने अवस्थाबाट बञ्चित हुन परेको भन्दै  अहिलेको व्यवस्था न्यायपूर्ण नभएकाले संशोधन गर्नुपर्ने माग गरेको हो । 

    ज्ञापनपत्र बुझाएपछि अधयक्ष शेर्पाले भने, ‘बलात्कारजस्ता जघन्य अपराधका घटनामा दोषीले कुनै हालमा उन्मुक्ति पाउनुहुँदैन । दोषीमाथि कडा कारवाही र विभेदकारी कानुनी व्यवस्था संशोधन हुनुपर्छ ।’

    281165346_830181914624563_171014009750845933_n.jpg

     
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार