Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कैलालीमा ट्रयाक्टले स्कुटलाई ठक्कर दिँदा एक जनाको मृत्यु


    आइतबार, जेष्ठ ८ २०७९
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली । कैलालिको गौरीगंगा  नगरपालिका–३ कुचैनीमा आज बिहान ट्रयाक्टरले स्कुटरलाई ठक्कर दिदाँ चालकको घटनास्थलमै मृत्यु भएको छ । 

    दुर्घटनामा स्कुटरको पछाडि सवार एक युवती गम्भिर घाइते भएकी छिन् । 

    मृत्यु हुनेमा स्कुटर चालक लम्किचुहा नगरपालिका–१ बस्ने ३० वर्षीया  सबिता कँडेल रहेकी छन् ।

    घाइते भएकी सोहि ठाउँ बस्ने २५ वर्षीया जमुना सिहलाई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी पठाईएको छ । 

    आज विहान ७ बजे कैलालीको कुचौनि स्थित पूर्व पश्चिम राजमार्गमा  से १ त ६८ २७ नम्बरको ट्रयाक्टरले  सुदुर पश्चिम प्रदेश ०१–००८ प १७८३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । 

    दुर्घटनामा संलग्न ट्रयाक्टर चालक फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार