Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ११९ पालिकाको प्रमुख तथा अध्यक्षमा माओवादीका उम्मेदवार विजयी


    आइतबार, जेष्ठ ८ २०७९
    505
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रले ११९ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । 

    मतगणना सम्पन्न भएका ७०३ पालिकामध्ये ११९ पालिकामा माओवादीले जित निकालेको हो । 

    मतगणना सम्पन्न भएका पालिकामा नेपाली कांग्रेस र नेकपा एमालेपछि सबैभन्दा बढीमा माओवादीका उम्मेदवारले जितेका छन् । 

    निर्वाचन आयोगका अनुसार हालसम्म मतगणना सम्पन्न भएका स्थानमा कांग्रेसले ३११ र एमालेले १९० पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् । 

    हाल मतगणना भइरहेका पालिकामध्ये दुई वटामा माओवादीका उम्मेदवारले अग्रता लिइरहेका छन् । 

    आयोगले गत वैशाख ३० गते देशका ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार