Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शिक्षक र विद्यालय कर्मचारीको पोशाक परिवर्तन


    आइतबार, जेष्ठ ८ २०७९
    2.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । सरकारले शिक्षक तथा कर्मचारीका लागि पोशाकको रङ परिवर्तन गरी नयाँ पोशाकको डिजाइन र रङको तोकेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै सरकारी शिक्षक र कर्मचारीका लागि नयाँ ड्रेसको व्यवस्था गरेको हो ।

    केन्द्रका महानिर्देशक चूडामणि पौडेलले  सबै शिक्षक र कर्मचारीलाई एकरूपता हुनेगरी नयाँ पोशाकको व्यवस्था गरेको जानकारी दिनुभयो ।

    परिवर्तित नयाँ ड्रेस कोडअनुसार गाढा खैरो रङको सुट (कोट र पाइन्ट), हल्का नीलो रङको कमिज, गाढा खैरो रङको ज्याकेट, कलेजी रङको स्विटर, कालो रङको जुत्ता रहेको छ । यी पोशाक महिला र पुरुष दुवै प्रकारका शिक्षक र कर्मचारीले प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार