Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शिक्षामन्त्री पौडेल अन्तराष्ट्रिय शिक्षा सम्मेलनमा सहभागी हुन बेलायतमा


    आइतबार, जेष्ठ ८ २०७९
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।बेलायतमा आयोजना हुने एक अन्तराष्ट्रिय शिक्षा सम्बन्धी सम्मेलनमा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल लण्डन आइपुगेका छन् । १०७ देशका ११२ जना मन्त्रीहरुको सहभागिता रहने सो विश्व सम्मेलनमा सहभागी हुन् शिक्षा मन्त्री पौडेल सहितको टोली शनिबार साँझ लण्डन आइपुगेको हो ।

    वर्ल्ड एजुकेशन फोरमको आयोजनामा लण्डनमा ४ दिन सम्म चल्ले सो सम्मेलनमा नेपालको प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ ।  मन्त्री पौडेल सहितको टोली लण्डनस्थित विमानस्थल उत्रिँदा बेलायतस्थित नेपाली दूतावासकी प्रवक्ता रोशन खनालले स्वागत गरेकी थिइन् ।

    सो सम्मेलनमा शिक्षा मन्त्रालयका सचिव यादव प्रसाद कोइराला, उपसचिव घनश्याम अर्याल समेत सहभागी हुने मन्त्रीका स्वकीय सचिव राजन पौडेलले जानकारी दिए । एक साता बेलायतमा रहने मन्त्री पौडेलले बेलायतस्थित नेपाली संघसंस्था तथा नेपाली समुदायसँग समेत भेटघाट गर्ने बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार