Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देवताल गाउँपालिकामा जसपा विजयी 


    आइतबार, जेष्ठ ८ २०७९
    975
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • वीरगञ्ज । बाराको देवताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा जनता समाजवादी पार्टी विजयी भएको छ । अध्यक्षमा जसपाका ३५ वर्षीय उदयप्रसाद यादव विजयी भएका हुन् ।

    निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार एवं निवर्तमान गाउँपालिका अध्यक्ष चन्दन कुमार सिंह भन्दा उदयले ६०१ मत बढी पाएका छन् ।

    उदयले चार हजार १७६ मत पाएर निर्वाचित हुँदा चन्दनले तीन हजार ५७५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय देवतालले जनाएको छ ।

    उपाध्यक्षमा जसपाकै सीतापती देवी यादव ४२०५ मत ल्याएर विजयी भएकी छन् । निकतम प्रतिस्पर्धी लोसपाको रामपति देवीले ३०७६ मत पाएकी छन् ।

    ७ वटा वडा रहेको देवतालमा जसपा र काँग्रेस ३-३ वडामा विजयी हुँदा एउटा लोसपाले जितेको छ ।

    वडा नं १, २, ३ मा क्रमशः जसपाका अरुण कुमार सिंह, मनरुदीन मिया ठकुराई, र राम किशोरप्रसाद कुशवाहा विजयी भएका छन् ।

    वडा नं ४, ५ र ७ मा नेपाली कांग्रेसका ललन कुमार यादव , सुरेश प्रसाद साह  र सतेन्द्र प्रसाद यादव  विजयी हुँदा वडा नं ६ मा लोसपाका सञ्जय कुमार  ले जितेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार