Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रामचन्द्र पौडेलको गृह नगर व्यासमा कांग्रेसका बैकुण्ठनाथको अग्रता


    शनिबार, जेष्ठ ७ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।तनहुँको व्यास नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले अग्रता लिएको छ।सुरुवाती मतगणनामा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिएपनि अहिले कांग्रेसका उम्मेदवार बैकुण्ठनाथ न्यौपालेले अग्रता लिएका छन्।

    न्यौपालेले अहिले १२ मतले अग्रता लिएका छन्। हाल न्यौपालेले ७४६५ मत र जोशीले ७४५३ मत प्राप्त गरेका छन्।यो पालिका कांग्रेस नेता रामचन्द्र पौडेल र कांग्रेसबाट कारबाहीमा परेका पूर्वमन्त्री गोविन्दराज जोशीको गृहनगर पनि हो।

    स्वतन्त्र उम्मेदवार जोशी गोविन्दराजका छोरा हुन्।जोशीलाई नेकपा एमालेको समर्थन रहेको छ। स्थानीय तह निर्वाचनका क्रममा कांग्रेस कार्यकर्ताले कुटपिट गरेर घाइते भएका जोशी अहिले उपचाररत छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार