Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पत्रकार लेखन वृद्धि पुरस्कार कोष स्थापना


    शनिबार, जेष्ठ ७ २०७९
    680
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  जुम्ला।  जुम्ला  जिल्लामा पहिलो पटक पत्रकार लेखन वृद्धि  तथा महासंघमा योगदान पुर्‍याउने  पत्रकार तथा कर्मचारीका लागि  पुरस्कार कोष स्थापाना गरिएको छ ।

    नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले आफ्नो ३९‌औँ जन्म दिनको अवसरमा लेखनमा याेगदान पुर्‍याउने  पत्रकार तथा कर्मचारीका लागि पुरस्कार कोष स्थापाना गरेका हुन् । जन्म दिन मनाउने बहानामा तडक भडक नगरी ,फजुल खर्च गर्ने परिपाटीको अन्य गर्ने प्रयासस्वरुप काेष स्थापना गरिएकाे उनले बताए । अध्यक्ष शाहीले आफ्नो जन्मोत्सवका अवसरमा ११ हजार रुपैयाँ जम्मा गरी पुरस्कार कोष स्थापना गरेका हुन ।

    अध्यक्ष शाहीले भने ,‘जन्मदिनमा केक काट्नु भन्दा सबै पत्रकार साथीहरुले  जति सकिन्छ केही रकम कोषमा जम्मा गर्न अनुरोध गर्छु । ‘ धेरै पत्रकार साथीहरुको लेखन बृद्धि गर्ने हेतुले कोष स्थापना गरेको  उनको भनाइ छ । अध्यक्ष शाहीले चेक नेपाल पत्रकार महासंघका सचिब मानदत्त रावललाई  हस्तानतरण गरिएको छ । त्यस्तै, उक्त चेक ग्रहण गर्दै  सचिब रावलले रकम सानो भए पनि यसको महत्व ठूलो रहेको बताए । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार