Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • हेटौडा उपमहानगरपालिकामा प्रमुखमा समाजवादीकी लामा विजयी


    शनिबार, जेष्ठ ७ २०७९
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट  उम्मदेवारबनेकी  नेकपा (एकीकृत समाजवादी) की मीना लामाले २३ हजार ७५ मत प्राप्त गरी  विजयी भएकी छिन् । ।  प्रतिस्पर्धी नेकपा  एमालेका अनन्त पौडेलले २० हजार ९०८ मत प्राप्त गरेका छन् । निर्वाचन कार्यालय हेटौँडाका अनुसार राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५३१ प्राप्त गरेका छन् ।

    त्यसैगरि  उपप्रमुख पदमा गठबन्धनका नेपाली कांग्रेसका राजेश बानियाँले ३२ हजार ५९३ मत प्राप्त गर्नु भई विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९०९ मत प्राप्त गरेका छन् । राप्रपाकी इन्दिरा न्यौपानेले पाँच हजार ४८६ मत प्राप्त गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार