काठमाडौं ५ चैत । नेपाल विद्युत प्राधिकरणले रघुपति जुट मिलको बिजुली काटेको छ । उद्योगले डेडिकेटेड लाइनको १५ करोड ५५ लाख ६८ हजार २ सय रुपैयाँ वक्यौता तिर्न बाँकी भएपछि प्राधिकरणले मीलको लाइन काटेको हो ।
उद्योगलाई पटक(पटक ताकेता गर्दा पनि महशुल नतिरेपछि मिलको लाइन काटिएको विद्युत प्राधिकरणले जनाएको छ ।
मिलले गत कात्तिकसम्मको ११ करोड ९१ लाख रुपैयाँ ४४ किस्तामा तिर्ने सहमति गरेको थियो । प्रतिकिस्ता २७ लाख ६ हजार रुपैयाँ तिर्ने सहमति गरेपनि पालना नभएपछि लाइन काटिएको हो । विराटनगर वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहका अनुसार ४४ किस्तामा महशुल तिर्न सुविधा दिएपनि कम्पनीले अटेरी गरेपछि लाइन काटिएको हो ।