Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बसन्त लामा र नारायणदत्त पौडेल एआईजीमा बढुवा


    शुक्रबार, जेष्ठ ६ २०७९
    645
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका डिआईजी बसन्तकुमार लामा र सशस्त्र प्रहरी बलका नारायणदत्त पौडेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेकाे छ ।

    मन्त्रिपरिषद् बैठककाे सिफारिस अनुसार बढुवाको निर्णय गरेको गृहमन्त्री बालकृष्ण मन्त्रीले रातोपाटीलाई बताए । 

    वैशाख २३ मा बढुवा समितिले डिआईजी बसन्त कुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागी सिफारिस गरेको थियो ।

    वैशाख २१ मा गृह मन्त्रालयबका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितीले डिआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गर्न गरेको सिफारिसलाई मन्त्रिपरिषद्ले सदर गरेकाे हाे ।

    सशस्त्रमा वैशाख १९ बाट अर्को एउटा एआईजीको पद रिक्त छ । एआईजी बढुवाको प्रतिस्पर्धामा पौडेलसँगै सिपी गौतम, वंशीराज दाहाल र किशोर प्रधान थिए । एआईजीमा बढुवा भएसँगै पौडेल वर्तमान सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको कार्यकालपछि करिब २ वर्ष आईजीपी हुन्छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार