Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचित भएको भोलिपल्टै विष्णुगोपाल वडाको काममा सक्रिय


    शुक्रबार, जेष्ठ ६ २०७९
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा । हेटौंडा उपमहानगरपालिका-२ का नवनिर्वाचित वडाध्यक्ष विष्णुगोपाल महर्जनले निर्वाचित भएको भोलिपल्टैबाट वडाको काम थालेका छन् । उनले हेटौंडा-२ को को संगमचोकको सडकको स्तरीकरण गर्न सुरु गरेका हुन् ।

    वडाध्यक्षको उम्मेदवारी दर्ता भएपछि मत माग्ने क्रममा मतदातालाई बाचा गरेअनुसार आफूले सडक स्तरीकरणको काम सुरु गरेको महर्जन बताउँछन् । कांग्रेसबाट उम्मेदवार बनेका महर्जन वडामा बागी उम्मेदवारसहित एमालेका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

    हेटौंडा उपमहानगरपालिकाबाटै अनिवार्य अवकाशप्राप्त इन्जिनियर महर्जन मकवानपुरमा होटल व्यवसाय, स्वास्थ्य संस्था सञ्चालकको रूपमा क्रियाशील छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार