Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादीले जित्यो १११ पालिकाको प्रमुख


    शुक्रबार, जेष्ठ ६ २०७९
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रले हालसम्म १११ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । 

    मतगणना सम्पन्न भएका पालिकामध्ये माओवादीले तेस्रो ठूलो संख्यामा विजय प्राप्त गरेको छ । 

    नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारपछि माओवादीका उम्मेदवार बढी पालिकामा विजयी बनेका छन् । 

    निर्वाचन आयोगका अनुसार हाल मतगणना भइरहेका पालिकामध्ये १२ वटाको प्रमुख तथा अध्यक्षमा माओवादीको उम्मेदवारले अग्रता लिइरहेका छन् । 

    आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै पालिकामा एकसाथ निर्वाचन गरेको थियो । निर्वाचन भएकामध्ये हालसम्म ६३५ वटा पालिकामा मतगणना सम्पन्न भइसकेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार