Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेटौंडाका वडाध्यक्षका ५ जना स्वतन्त्र उम्मेदवार, जसले आफैलाई भोट हानेनन्


    शुक्रबार, जेष्ठ ६ २०७९
    705
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका ५ जनाले आफैंलाई भोट नहालेको पाइएको छ ।

    हेटौंडाको १९ वटा वडामध्ये १३ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा ७ वटा वडामा नेपाली कांग्रेस ६ वटा वडामा एमाले विजयी भएको छ । हेटौंडाको मतगणनामा विभिन्न वडाका ५ जना स्वतन्त्रबाट वडा अध्यक्षका उम्मेदवारले शून्य मत पाएका छन् भने ३ जना स्वतन्त्र उम्मेदवारले एक-एक मत मात्रै पाएका छन् ।

    स्वतन्त्रबाट २ मा वडाध्यक्षका उम्मेदवार रमेश बहादुर थिङ, ६ मा शिवप्रसाद गौतम, १५ मा कृष्णलाल स्याङतान, प्रेमबहादुर भोमजन र १८ मा युवराज खड्काले एक मत पनि ल्याउन सकेनन् । स्वतन्त्रबाट हेटौंडा–१५ बीरबहादुर थिङ, हेटौंडा–१६ का निरन्जनप्रसाद दहाल र हेटौंडा १९ का रत्न बहादुर भ्लोनले एक-एक मत मात्र ल्याएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार