Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुर्खेतको सिम्तामा कांग्रेस र माओवादी गठबन्धनलाई हराउँदै एमाले विजयी


    शुक्रबार, जेष्ठ ६ २०७९
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकामा कांग्रेस र माओवादीको गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार विजयी भएका छन् ।

    अध्यक्षमा एमालेका ऐनबहादुर चन्द विजययी भएका हुन् । चन्द ६ हजार १ सय ७० मतसहित विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका वीरेन्द्र रावतले ५ हजार ८ सय ५२ मत ल्याए ।
    उपाध्यक्षमा गोमा रेग्मीले ६ हजार ९१ मत ल्याएर विजयी भइन् । गठबन्धनतर्फबाट माओवादी केन्द्रका चित्रबहादुर हमालले ५ हजार ३ सय ११ मत ल्याए ।

    सिम्ता गाउँपालिकामा ९ वटा वडामध्ये १,२,३,४,५ एमाले र ६, ७, ८ र ९ गठबन्धन दलबाट नेपाली कांग्रेसको उम्मेदवार विजयी भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार