Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हमालको दोब्बर मतको अग्रता


    शुक्रबार, जेष्ठ ६ २०७९
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल (गोपी) ले निरन्तर अग्रता लिइरहेका छन् ।

    ४२ हजार २३० मतगणना हुँदा हमालले प्रतिस्पर्धीसँगको अन्तर फराकिलो बनाइसकेका छन् । हमालले नेपाली कांग्रेसका नृपबहादुर ओडलाई ९५५७ मतले पछि पारेका छन् । हमालले १९ हजार १४७ मत ल्याएर पहिलो स्थानमा रहेका छन् ।

    यो दोस्रो स्थानमा रहेका ओडको भन्दा दोब्बरले बढी हो । कांग्रेसका ओडले जम्मा ९ हजार ५५७ मतमात्रै पाएका छन् ।

    मेयरमा तेस्रो स्थानमा रहेका नेकपा एमालेका रणबहादुर चन्दले ४६६४ मत ल्याएका छन् ।

    यस्तै उपमेयरमा भने माओवादी केन्द्र र एमालेका उम्मेदवारको प्रतिस्पर्धा देखिएको छ । माओवादी केन्द्रकी शान्ति अधिकारीले ८८१५ मत ल्याएर अग्रता कायम गरेकी छन् ।

    उनलाई एमालेकी कन्दकला रानाले ८१४१ मतका साथ पछ्याइरहेकी छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५०३६ मत पाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार