काठमाडौं । देशका ११ वटा उपमहानगरपालिकामध्ये ९ वटामा मतगणना जारी रहेको छ ।
दाङको घोराही र बाराको जितपुर सिमरा उपमहानगरमा भने अन्तिम मत परिणाम आईसकेको छ । घोराहीमा नेकपा एमालेका नरुलाल चौधरी तथा जितपुर सिमरामा माओवादीका राजन पौडेल निर्वाचित भएका छन् । मतगणना जारी रहेका ठाउँहरुमध्ये ५ ठाउँमा गठबनधनका उम्मेदवारले अग्रता लिंदा एक ठाउँमा एमाले तथा तिन ठाउँमा स्वतन्त्र उम्मेदवार अगाडि रहेका छन्।
बाराको कलैया उपमहानगरमा नेकपा एमालेका विनोदप्रसाद साह १८ हजार ३९ मतका साथ अग्र स्थानमा हुनुहुन्छ भने कांग्रेसका राजेश राय यादव १३ हजार १ सय ७३ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । मकवानपुरको हेटौंडामा गठबन्धनकी उम्मेदवार एकीकृत समाजवादीकी मिना लामाले १९ हजार ९ सय ६४ मत प्राप्त गर्नुभएको छ । एमालेका अनन्त पौडेल १८ हजार १ सय ९२ मतसहित दोस्रो स्थानमा रहदा राप्रपाका दिपक सिंह १७ हजार ५ सय ६० मतसहित तेस्रो स्थानमा हुनुहुन्छ।
सुनसरीको इटहरीमा कांग्रेसका हेमकर्ण पौडेलले २० हजार ७ सय ७३ मत ल्याउदा एमालेका यामकुमार सुब्बाले १७ हजार ५ सय ५२ मत पाउनुभएको छ । सुनसरीकै धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राईले ९ हजार २ सय ९५ मत ल्याउदा नेपाली कांग्रेसका किशोर राईले ९ हजार २२ मत प्राप्त गर्नुभएको छ । कैलालीको धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल १७ हजार ७३ मतका साथ शीर्ष स्थानमा रहदा कांग्रेसका नृपबहादुर वड ८ हजार ५ सय २० मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ।
बाँकेको नेपालगञ्जमा कांग्रेसका प्रशान्त विष्टले २१ हजार ६ सय ७८ मतका साथ अग्रता लिंदा एमालेका पशुपतीदयाल मिश्रा १० हजार ९ सय ९२ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ। रुपन्देहीको बुटवलमा कांग्रेसका खेलराज पाण्डेले २२ हजार ७ सय ७२ मत ल्याउदा एमालेका बाबुराम भट्टराई १६ हजार ५ सय २० मतसहित दोस्रोमा हुनुहुन्छ। दाङको तुलसीपुर उपमहानगरपालिकामा कांग्रेसका गेहेन्द्र गिरीले ६ हजार ६ सय ५७ मतसहित अग्रता बनाउदा एमालेका टिकाराम खड्का ६ हजार ३ सय ९३ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ।
यसैगरि धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोकुमार साह सुडी ५ हजार ४ सय ४८ मतसहित पहिलो स्थानमा रहदा नेकपा एमालेका शिवशंकर साह ३ हजार ४ सय९६ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend