Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाँच वर्षीय छोराको हत्याको आरोपमा बाबु पक्राउ


    बिहिबार, जेष्ठ ५ २०७९
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कपिलवस्तु । आफ्नै झड्केलो पाँच वर्षीय छोरा आशिष कुमालको कुटपिट गरी  हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा वाणगंगा नगरपालिका–५ सिमलखोर बस्ने २६ वर्षीय लक्ष्मण कोहार छन् । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । 

    कोहारले कुटपिट गर्दा गम्भीर घाइते भएका आशिषको सामुदायिक अस्पताल चार नम्बरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोपवा र इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार