Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भलिबल खेल्ने क्रममा कुटपिट हुँदा एक जनाको मृत्यु


    बिहिबार, जेष्ठ ५ २०७९
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जाजरकोट । जुनिचाँदे गाउँपालिका–९ धडगाँउ बस्ने ३६ वर्षीय रेशम बहादुर खड्काको भलिबल खेल्ने क्रममा कुटपिट हुँदा बुधबार मृत्यु भएको छ । 

    रेशम बहादुर, सोही ठाउँ बस्ने विर्ख बहादुर खड्का र चक्र बहादुर खड्कालाई मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने नरेन्द्र बस्नेत लगायत ४ जनाले कुटपिट गरेको प्रहरीले जनाएको छ । 

    कुटपिटबाट रेशम बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय जाजरकोट र ईलाका प्रहरी कार्यालय पञ्चलादहबाट खटिएको प्रहरीले उपचारको लागि सुर्खेततर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो । 

    बस्नेत लगायत ५ जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार