Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुपन्देहीको मायादेवीमा चौधरी पुनः निर्वाचित, उपाध्यक्षमा लोसपाकी उपाध्याय


    बिहिबार, जेष्ठ ५ २०७९
    1000
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिकामा नेपाली कांग्रेसका ध्रुवनारायण चौधरी पुन निर्वाचित भएका छन् । चौधरी ५ हजार ३ सय ८६ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका रामअधारे अहिरले ४ हजार ९ सय ८८ मत प्राप्त गरे । चौधरी यसअघि २०७४ मा पनि कांग्रेसबाटै अध्यक्ष निर्वाचित भएका थिए ।

    उपाध्यक्षमा लोसपाकी नर्वदादेवी उपाध्याय ४ हजार ९ सय ४२ मत ल्याएर विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तारादेवी यादवले ४ हजार ८ सय ८९ मत प्राप्त गरिन् । 

    मायादेवी १ मा एमालेका पलटु लोध ७ सय २२ मत ल्याएर विजयी भएका छन् । २ मा कांग्रेसका अगनु यादव ८ सय १७ मत ल्याइ विजयी भएका छन्   ३ मा कांग्रेसकै मुहम्मद रफिक खान ९ सय ७७ मत ल्याइ विजयी भए  ।

    ४ मा एमालेका अरुणकुमार तिवारी ५ सय ५१ मत ल्याइ विजयी भए भने ५ मा कांग्रेसका तेजनारायण पाल ७ सय २ मत प्राप्त गरि विजयी हुन सफल भए ।

    ६ मा लोसपाका अवधराज यादव ८ सय ९५ मत ल्याइ विजयी भए ।  ७ मा लोसपाका शैलेन्द्रकुमार पाण्डेले १ हजार ३ सय ४९ मत प्राप्त गरी निर्वाचित भए ।  ८ मा एमालेका चोकबहादुर मगर ७ सय ४२ मत ल्याएर विजयी भए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार