Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमाले विजयी


    बिहिबार, जेष्ठ ५ २०७९
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार सूर्यविनायक नगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार वासुदेव थापा विजयी भएका हुन् । 

    उनले १४ हजार ७ सय ५८ मत ल्याई विजयी भएका छन् ।थापाले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार निशान ढुंगेललाई १ हजार ५२६ मतान्तरले पराजित गरेका हुन् । पराजित निशान ढुंगेलले १३ हजार २३२ मत ल्याएका छन् ।

    यस्तै उपप्रमुखमा एमालेकै सरिता भट्टराई विजयी भएकी छन् । उनले १४ हजार ४ सय ९० मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका श्यामसुन्दर बस्नेतले ६ हजार ६ सय ६१ मत ल्याएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार