Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तिरहुत गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस


    बुधबार, जेष्ठ ४ २०७९
    645
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । सप्तरीको तिरहुत गाँउपालिकाको अध्यक्ष र  उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । 
    पालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसबाट विजय कुमार यादवले ३ हजार ५ सय ५६ मत ल्याइ विजय भएका हुन् भने उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका हेमन्त बहडखैर(मनोज) २ हजार ९ सय १८ मत ल्याए । नेकपा एमालेका  दिनेश भदेसवार यादवले २हजार ८ सय ५७मत प्राप्त गरे ।

    यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकै  विणा देवी यादव निर्वाचित भएका छन्। 

    त्यस्तै, तिरहुत गाँउपालिकाको  वडा नं-१ मा जसपा, वडा नं-२ मा एमाले, वडा नं-३ मा जसपा, वडा नं-४ मा नेपाली कांग्रेस र वडा नं-५ मा कांग्रेस अध्यक्ष पदमा निर्वाचित भएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार