Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डडेल्धुराको भागेश्‍वरमा वडादेखि पालिकासम्म कांग्रेस विजयी


    मंगलबार, जेष्ठ ३ २०७९
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डडेल्धुरा । डडेल्धुराको भागेश्‍वर गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ ।  कांग्रेस वडादेखि पालिकासम्म विजयी भएको हो ।

    हेमराज चटौत २ हजार ३११ मतसहित अध्यक्षमा विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी एमालेका रामबहादुर शाहीले १ हजार ७८ मत ल्याए ।  

    उपाध्यक्षमा कांग्रेसकै पुष्पा ठकुराठी २ हजार ३४८ मतसहित विजयी भएकी छन् । प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता भट्टले ८३२ मतमात्र ल्याइन् । 

    पाँच वडा रहेको भागेश्‍वरमा चार वडामा कांग्रेस विजयी भएको छ । एक वडामा भने स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन्।

    १ मा स्वतन्त्र उम्मेदवार मणिकराज भट्ट ३५४ मतका साथ विजयी भए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामबहादुर ठकुरीले ३०८ मत ल्याए ।

    भागेश्‍वर कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरको गृहपालिका हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार