Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सल्यानको शारदा नगरपालकिामा कांग्रेस विजयी


    मंगलबार, जेष्ठ ३ २०७९
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । सल्यानको शारदा नगरपालिकामा मेयरमा नेपाली कांग्रेसका प्रकाश भण्डारी विजयी भएका छ्न् । उनी १२ सय ८० मतको फराकिलो मतान्तरसहित विजयी भएका हुन् । भण्डारीले ६ हजार २१७ मत प्राप्त गरेका छ्न् ।

    उपमेयरमा कांग्रेसकै सुस्मिता सापकोटा सुनार विजयी भएकी छ्न् । उनले ५ हजार ३ सय ८०  मत प्राप्त गरेकी छ्न् ।

    मेयरमा एमालेका मनोज प्रधानले ४ हजार ९ सय ३७ मत प्राप्त गरी दोस्रो र माओवादी केन्द्रका प्रमोद श्रेष्ठले ३ हजार ९ सय ४४ मत प्राप्त गरी तेस्रो भएका छ्न् । प्रधान र श्रेष्ठ दुबै जना गत स्थानीय तह निर्वाचनमा मेयरमा पराजित भएका थिए ।

    उपमेयरमा एकीकृत समाजवादीका रमेशकुमार गौतमले ४ हजार ९५ मत ल्याउँदा एमालेका जालना भण्डारीले ४ हजार ५२२  मत प्राप्त गरेकी छ्न् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार