Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखराको पहिलो नतिजाः १ मा एमाले, २ मा कांग्रेस विजयी


    सोमबार, जेष्ठ २ २०७९
    680
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पोखरा । पोखरा महानगरपालिका-१ मा एमाले र २ मा कांग्रेस विजयी भएको छ ।

    १ मा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । वडाध्यक्षमा शाहारा प्रधानले ४१ मतान्तरले चुनाव जितेका हुन् ।

    उनले १ हजार १ सय ४५ मत पाउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसकी सीता गुरुङले १ हजार १ सय ४ मत पाइन् ।

    सदस्यमा जुमकाजी गुरुङ, रामजीप्रसाद पौडेल, महिला सदस्यमा शोभा नेपाल र दलित महिला सदस्यमा जुकमाया दमै विजयी भए । यसअघि यहाँ ३ सय १७ मतान्तरले एमाले विजयी भएको थियो ।

    पोखरा-२ मा कांग्रेसको प्यानल विजयी भएको छ । कांग्रेसका दिवसमान प्रधानांगले एमालेका दीपक शाहलाई २ सय ७८ मतान्तरले पराजित गरे । प्रधानांग ९ सय ३९ मतसहित वडाध्यक्षमा विजयी हुँदा शाहले ६ सय ६१ मत पाए ।

    खुला सदस्यमा कांग्रेसका गौतम विजुक्छे र भीमकुमारी आले (पवित्रा), दलित महिला सदस्यमा सुनिता विक, महिला सदस्यमा गोमा सुवेदी विजयी भएका छन् । वडा नम्बर २ मा यसअघि ३ सय ७१ मतान्तरले कांग्रेस विजयी भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार