Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शिवनाथको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी


    सोमबार, जेष्ठ २ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सीपी लोहिया 

    बैतडी । बैतडीको शिवनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रसका कर्णसिंह साउद र उपाध्यक्षमा नेकपा(एमाले)का सकुन्तला साउद विजयी भएका छन् । 

    अध्यक्षमा कर्णले ३हजार १सय ६५मत ल्याइ विजयी हुदाँ उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका हजारी साउदले २हजार ८सय ४९ मत ल्याएका छन् । 

    उपाध्यक्षमा एमालेका सकुन्तला साउदले २हजार ८सय १७ मत ल्याइ विजयी हुदाँ उनका निकटतम् प्रतिद्वन्द्वी नरेन्द्र सिंह साउदले २हजार ६सय ७९ मत ल्याएका छन् । 

    ६ वडा रहेको शिवनाथको ३वडामा नेकपा(माओवादी केन्द्र)ले विजय हासिल गरेको छ भने, २वडामा कांग्रेस र १मा एमाले विजय भएको छ । 

    शिवनाथ गाउँपालिकाको वडा न. १, वडा न. ३ र वडा न. ५मा नेपाली कांग्रेस विजयी भएको छ भने, वडा न.२, वडा न. ४ मा नेकपा एमाले विजय भएको छ । वडा न.१को अध्यक्षमा कांग्रेसका बल्देव सिंह चाड विजयी हुदाँ वडा न.२को अध्यक्षमा एमालेका सुरेन्द्र सिंह साउद विजयी भएका छन् ।

    यसैगरी वडा न.३मा  कांग्रेसका केशव कलौनी विजयी हुदाँ वडा न. ४मा एमालेका धन बहादुर महता विजयी भएकाछन् । वडा न.५मा कांग्रेसकै केशव चन्द विजयी भएका छन् । वडा न. ६मा नेकपा(माओवादी केन्द्र)का भरत पार्की विजयी भएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार