Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  कोरोना अपडेट : अमेरिकामा १ सय १५ को मृत्यु ६ हजार ५ सयमा संक्रमण 


    बुधबार, चैत्र ५ २०७६
    630
    Shares
  • २ मिनेट पाठ
  • एजेन्सी ५ चैत । कोरोना भाइरस (कोभिड–१९) ले अमेरिकामा हालसम्म ११५ जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या पनि ६५०० नाघिसकेको छ । चीनबाट भाइरलको रुपमा विश्वभर फैलिएको भाइरसबाट करिब २ लाख मानिस संक्रमित भइसकेका छन् भने करिब ८ हजार मानिसको ज्यान गइसकेको छ ।

    कोरोना हालसम्म अमेरिकाको सबै राज्यमा फैलिएको छ । मंगलबार अमेरिकाको वेस्ट भर्जिनियामा यो भाइरसको बिरामि फेला परेसँगै यो भाइरस अमेरिकाको ५० वटै राज्यमा फैलिएको हो ।

    कोरोना भाइरसको कारण अहिले समग्र विश्व प्रभावित भइरहेको अवस्थामा अमेरिकाको पनि आर्थिक क्षेत्रमा यसको नकारात्मक असर पर्न सक्ने विश्लेषकहरुले चेतावनी दिएका छन् । आर्थिक क्षेत्रमा सुधारको लागि अमेरिकाले १० खर्ब डलरको आर्थिक सहायता कोषको प्रस्ताव अघि सारेको छ ।

    अमेरिकी अर्थमन्त्री स्टिभिन म्नुशिनले रिपब्लिकका सांसदहरुलाई बोलाएर यो विधेयक संसद्मा पारित नभए अमेरिकाको बेरोजगारी २० प्रतिशतसम्म पुग्ने चेतावनी दिएका छन् ।

    यसअघि केन्द्रीय बैंक फेडेरल रिजर्भले कोरोना भाइरसको अमेरिकामा पर्न सक्ने नकारात्मक असर न्यूनीकरणको लागि ७ खर्ब डलरको आर्थिक सहायता कोष ल्याउनुका साथै ब्याजदर पनि शून्यको हाराहारीमा झार्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार