गोरखा । गोरखामा कुल मतदाता मध्य ६६।४५ प्रतिशतले मात्रै मतदान गरेका छन् । ११ वटा स्थानीय तह रहेको गोरखामा ३११ म्तदान केन्द्र र २१५ वटा मतदान स्थल रहेको थियो ।
निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रविलाल सुवेदीका अनुसार जिल्ला भर दुई लाख १८ हजार ५६३ मतदाता मध्य करिब ६६।४५ प्रतिशतले मात्रै मतदान गरेका छन् ।
‘सबै पालिकाबाट प्राप्त डाटा अनुसार जिल्ला भर करिब ६६ प्रतिशतले मतदान गरेको भन्ने छ । जिल्लाभर भएका मतदाता मध्य एक लाख ४५ हजार २४२ जनाले मात्रै मतदान गरेको भन्ने डाटा आएको छ’, उनले भने ।
विगतको बर्षमा भन्दा यसपालिको चुनावमा मतदान गर्नेहरुका संङ्ख्या कम छ । ‘भौगालिक बिकटताले गर्दा मतदान केन्द्रमा जान नसक्दा, वैदेशिक रोजगारिमा हुँदा, स्वदेशमा नै हुदा पनि विभिन्न पेशाब्यवसायले गर्दा समय नमिल्दा मतदान गर्नेहरुको संख्या अहि कम भएको हो’, सुवेदीले भने ।
कार्यालयले उपलब्ध गराएको तथ्याङक अनुसार अरिकोट गाउँपालिकामा १२ हजार ५९३ मतदाता मध्य ८ हजार १३९ मात्रै मत खसेको छ । आरुघाटमा १८ हजार ६७६ मध्य १२ हजार ५०४, गण्डकीमा १८ ५३१ कध्य १३ हजार १९०, गोरखा नगरपालिकामा ३५ हजा ०३१ मध्य २४ हजार ६०९, चुमनुब्रीमा ५१०२ मध्य ३ हजार ३३५, धार्चेमा १० हजार ८८६ मध्य ८ हजार ०७४, बारपाक सुलिकोटमा २० हजार ४९२ मध्य १३ हजार ०९३, पालुङटार नगरपालिकामा ३२ हजार ५९६ मध्य २१ हजार ०१९ मत खसेको छ ।
यस्तै, भिमसेन थापामा १९ हजार ७२२ मतदाता मध्य १२ हजार ७७१ मत, शहिदलखनमा २३ हजार ६१७ मध्य १५ हजार ३४५ र सिरानचोकमा २१३१८ मध्य १२ हजार १९८ मत खसेको कार्यालयले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend